• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

तेल भनेर डिजलको ‘भुटुन’ हाल्दा…


  • धनकुटा खबर
  • .

मकवानपुर। पेट्रोलियम पदार्थ डिजेललाई तेल भनेर कराइमा हाल्दा आगो सल्किएको छ। मकवानपुरको हेटौंडा–८ कमानेस्थित नमुना टोलमा बुधबार साँझ भएको आगलागीमा दुई जना घाइते भएका छ्न्।

पर्सा, वीरगञ्ज महानगरपालिका–३० घर भई हाल डेरा गरी बस्दै आएका सलाउदिन देवानकी १३ वर्षीया छोरी असिया खातुनले मासु पकाउने क्रममा गल्तीवश डिजेल हाल्दा आगो लागेको हो।

आगो लागेपछि उनको अनुहार, हात, पिठिउँ र खुट्टा जलेको छ भने उनीसगै बस्ने भारत बिहार राज्य, मोतिहारी जिल्लाकी २५ वर्षीया अफ्रिदा खातुन सामान्य घाइते भएकी छिन्।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक विमला कुमारी कठायतको नेतृत्वमा खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएर घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाएको छ।

आगलागीबाट काठको ढोका, धान, चामल र लत्ताकपडा जलेर अन्दाजी बीस हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖