• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

‘जीवन संघर्ष हो प्रिय, अहिले हामी पीडामा छौं, तर सधैं यस्तै रहने छैन :लालबाबु पण्डित


  • धनकुटा खबर
  • .

कुनै समय निकै चर्चा कमाएका एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित गएको डेढ वर्षदेखि गुमनाम छन्।उनी बेलाबेला सामाजिक सञ्जालमा फोटा भने सार्वजनिक गरिरहन्छन्, भावुक भएर।पण्डितका दिनहरू अहिले घर, परिवार र श्रीमतीको सेवामा बितिरहेका छन्। श्रीमती बिमलालाई विमला करिब २ वर्षदेखि बिरामी छन्।

उनलाई मायसाइटिस भन्ने रोग लागेको छ। यसले मांसपेसीलाई कमजोर बनाउँछ। मासु फुटाइदिने, नसालाई कमजोर बनाउने, च्यापेको बेलामा भर्खर जन्मेको बच्चाजस्तै लल्याकलुलुक हुने समस्या देखिन्छन्।

‘रोगले बढी च्यापेका बेला अस्पताल पुर्‍याउने र अरू समयमा घरलाई नै अस्पतालको रूपमा प्रयोग गर्नुपर्छ,’ बानी परिसकेको छ अहिले। अस्पतालबाट उनले सामाजिक संजालमा लेख्छन्, ‘जीवन संघर्ष हो प्रिय, अहिले हामी पीडामा छौं, तर सधैं यस्तै रहने छैन।

चाँडै सबै ठिक होस् भन्ने कामना छ। सबै शुभेच्छुकप्रति हामी कृतज्ञ छौं।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖