• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कोठा भाडामा वसेर कक्षा ११ मा पढ्दै आएका दिदीवहिनीको अचानक मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ– दाङको तुलसीपुरमा कोठा भाडामा बसेर कक्षा ११ मा पढ्दै आएका दुई किशोरीको अचानक मृत्यु भएको छ। नातामा दिदीवहिनी रहेका दुवै जना विहिबार राति अचेत अवस्थामा फेला परेका थिए। उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार सल्यानको बागचौर नगरपालिका– ११ बाफुखोला घर भई दाङको तुलसीपुर उपमहानगरपालिका– ७, गैरापातुमा कोठा भाडामा बस्दै आएका १८ वर्षीया दिपु परियार र १७ वर्षीया दिपा परियारको मृत्यु भएको हो।

बिहीबार राति करिव सवा ९ बजे उनीहरुलाई अचेत अवस्थामा कोठाबाट उद्धार गरिएको थियो। तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पु¥याउँदा उनीहरुले बिषादी सेवन गरेको खुलेको छ। तर, कुन विषादी हो भन्ने नखुलेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए।

तुलसीपुरमा उपचार सम्भव नभएपछि उनीहरुलार्य राति नै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो। घोराहीमा राति पौने १२ बजेतिर दिपुलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

दिपालाई भने घोराहीमा पनि उपचार सम्भव नभएपछि शुक्रबार बिहान साढे २ बजे बाँकेस्थित नेपालगञ्ज नरसिङ होममा लगिएको थियो। उनको पनि बिहान पौने ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर सूर्य राना मगरका अनुसार दीपा शान्तिनगर गाउँपालिका–२ स्थित जनकल्याण मावि र दिपु घोराहीको एक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए। दिपा दिपुको मामाकी छोरी हुन।

दिपु बिहीबार दिउँसो दिपाको कोठामा आएकी थिइन। राति संगै बसेका उनीहरु अचेत अवस्थामा फेला परेका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖