काठमाडौ । तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
शनिबार राति साढे ११ बजे दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर नदीमा खसेको हो।
दुर्घटनामा व्यास–५ का कुशल मगर, प्रविन मगर र कुमार मगरको ज्यान गएको छ।
चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन्। रौनिहारलाई पोखरा रिफर गरिएको छ। जिपमा पाँच जना सवार थिए।
