• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

भीषण आँधीबेहरी : १९ जनाको मृत्यु, ९० भन्दा बढी घाइते


  • धनकुटा खबर
  • .

एजेन्सी । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तमा आएको तीव्र आँधीबेहरी र असिनासहितको वर्षाले ठुलो जनधनको क्षति पुर्‍याएको छ । प्रान्तका विभिन्न जिल्लामा भत्किएका संरचना र ढलेका रूखका कारण १९ जनाको मृत्यु भएको छ भने ९० जनाभन्दा बढी घाइते भएका छन्।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार अधिकांश मृतकहरू कमजोर संरचना भएका घरभित्र रहेका बेला भित्तो वा छाना भत्किएर च्यापिएका थिए।

अचानक आएको मौसमी विपद्ले यातायात प्रणालीमा समेत गम्भीर असर पारेको छ। केही राजमार्गहरू बन्द गरिएको मोटरवे प्रहरीले जनाएको छ, भने लाहोरस्थित विमानस्थलमा उडान सञ्चालनमा कठिनाइहरू देखिएका छन्।

प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖