• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

टुनामुना हटाउँछु भन्दै कोठामा थुनेर पालैपालो कपडा खोले, गंगाजल छर्केको भन्दै….


  • धनकुटा खबर
  • .

‘झारफुक गरेर टुनामुना हटाउँछु’ भन्दै १७ वर्षीया किशोरी र उनकी २९ वर्षीया सानीआमा माथि यौनजन्य दुव्र्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने रत्ननगर नगरपालिकाका ५६ वर्षीय वसन्त ढुङ्गाना हुन। चितवन प्रहरीका अनुसार आफूलाई झारफुक गर्ने ‘सिद्ध पुरुष’ भनेर चिनाउँने ढुङ्गानाको रत्ननगर–९ मा ‘हेराइ केन्द्र’ छ।

उनले ४ जेठमा सोही केन्द्रमा किशोरीलाई बोलाएका थिए। किशोरी विदेश जाने तयारीमा थिईन। विदेश जान उपयुक्त समयबारे बुझ्न गएकी कक्षा १२ मा अध्ययनरत ती किशोरीलाई ‘मसान लागेको छ, हटाउनुपर्छ’ भन्दै कोठाभित्र लगेका थिए । ढुङ्गानाले किशोरीलाई मानसिक त्रास सिर्जना गरी ‘झारफुक नगरी विदेश गए पागल हुने’ चेतावनी दिएका थिए।

त्यसपछि किशोरीलाई एक्लै कोठामा राखी शरीरको माथिल्लो भागको वस्त्र खोल्न लगाएर संवेदनशील अंगहरू छोएको खुलेको छ। पीडितकी आमालाई भने बाहिर राखिएको थियो। घटना त्यतिमै सीमित रहेन।

११ जेठमा ढुङ्गानाले किशोरीको घरसम्मै पुगेर बालिकाकी २९ वर्षीया सानीआमा माथि पनि झारफुकको नाममा यौनजन्य दुव्र्यवहार गरेका थिए। श्रीमानसँगको सम्वन्धमा सामान्य दरार आएपछि तनावमा रहेकी उनलाई ‘तिमीलाई टुनामुना लागेको छ, श्रीमानसँग सम्बन्ध सुधार गर्नुपर्छ’ भन्दै कोठामा लगेका थिए।

त्यसपछि ढोका थुनेर गंगाजल छर्किएको अभिनय गर्दै शरीरको माथिल्लो कपडा खोल्न बाध्य बनाएको आरोप छ। महिलाले प्रतिरोध गर्दा ढोका ढकढक गरेपछि बालिकाकी आमा भित्र छिरेर घटनालाई रोकेकी थिईन।

त्यसपछि इलाका प्रहरी कार्यालय, टाँडीमा जाहेरी दिइएको थियो। यो घटनालाई बुधबार एक व्यक्तिले टिकटकमा भिडियो बनाएर पोष्ट गरेपछि प्रहरीले ढुङ्गानालाई सोही दिन बेलुकी नियन्त्रणमा लिएको हो।

पीडितको जाहेरीका आधारमा थप अनुसन्धान भईरहेको डिएसपी रविन्द्र खनालले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖