• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौ जांदै गरेको हाइस यसरी सडकमै पल्टिएपछि…


  • धनकुटा खबर
  • .

नवलपुरको गैंडाकोट स्थित नगरपालिका अगाडि पूर्व पश्चिम राजमार्गमा दाङबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ४ ख ५०५० न.को हाईसको चालकले नियन्त्रण गुमाउन गई हाईस सडकको बायाँ साईडमा पल्टिंदा दुर्घटना भएको छ ।

हाईसमा सवार अन्दाजी १०/१२ जना यात्रु मध्ये हाल नामथर वतन नखुलेका ७ जना व्यक्तिहरु घाइते भएका छन् ।

घाइतेहरुको उपचारको लागि ५ जनालाई पुरानो मेडिकल कलेज भरतपुर चितवन तर्फ पठाएको २ जनाको स्थानिय सामुदायिक मेडिकलमा उपचार भईरहेको छ। सबै घाइतेको अवस्था मध्यम रहेको छ।

थप बिबरण आउन बाँकी।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖