• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

जब कुकुरले मुखमा च्यापेर ल्यायो नवजात शिशुको शव


  • धनकुटा खबर
  • .

मुगु । जुम्ला जिल्लाको हिम गाउँपालिका–१ आचार्यलिही गाउँमा साल नालसहितको एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ।

स्थानीय नन्दलाल आचार्यका अनुसार सोमबार साँझ करिब ६ बजे आचार्यलिही गाउँदेखि करिब सय मिटर टाढा रहेको जर्या खोलाबाट एक कुकुरले मृत शिशुलाई मुखमा च्यापेर खेत हुँदै गाउँतिर ल्याउँदै गरेको देखिएको थियो।

कुकुरको मुखबाट शिशुलाई छुटाएर भगाएपछि तत्काल प्रहरीलाई खबर गरिएको हो।

इलाका प्रहरी चौकी नराकोटका बरिष्ठ हलदार दीपक गुरुङका अनुसार घटनास्थल नराकोटको कार्यक्षेत्रमा नपरे पनि जिल्ला प्रहरी कार्यालयको निर्देशनमा बड्की प्रहरी चौकीबाट टोली परिचालन गरिएको हो।

प्रहरी टोली घटनास्थलमा पुगेपछि शिशु सालनालसहितको अवस्थामा फेला परेको थियो। पाँच महिनाको जस्तो देखिने शिशुको शवलाई राति करिब १० बजे प्रहरी चौकी नराकोटमा ल्याइएको गुरुङले बताए।

शवलाई मङ्गलबार बिहान पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ।

हिमा गाउँपालिका–१ का वडाध्यक्ष रतन शाहीका अनुसार कसैले शिशुलाई जन्म दिएपछि खोलामा फालेको हुन सक्ने आशङ्का गरिएको छ। शिशु फाल्ने व्यक्तिको पहिचान हुन नसकेको उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖