• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

निलम्बनमा परेका राजु पाण्डेकि आमा ब्रेन ह्यामरेज भई शिक्षण अस्पतालमा


  • धनकुटा खबर
  • .

काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन्। महानगर प्रमुख बालेन शाहको आदेश पालना गरेकै कारण आफूलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिने निलम्बन गरेको पाण्डेले बताए ।

निलम्बनपछि कुराकानीमा उनले भने, ‘यहाँ शान्ति सुरक्षा कायम रहोस्, कुनै तोडफोड नहोस् भन्ने हिसाबले प्रमुखज्यूको आदेश पालना गर्दा निलम्बनमा परेँ।’ निलम्बनको जानकारी पत्र मंगलबार दिउँसोमात्रै पाएको उल्लेख गर्दै उनले पत्रबाट आफू स्तब्ध भएको बताए ।

व्यक्तिगत रूपमा आफूले कुनै गल्ती नगरेको विश्वास दाबी गर्दै उनले निलम्बनबारे मूल्याङ्कन गर्ने अधिकार आम जनतासँग रहेको उल्लेख गरे। “मैले राम्रो गरेँ कि नराम्रो गरेँ भन्ने कुरा मलाई केही भन्नु छैन, आम जनताले मूल्याङ्कन गर्नुहोला,’ उनले भने।

कुराकानीकै क्रममा उनले आफ्नी आमा शनिबार ब्रेन ह्यामरेज भई शिक्षण अस्पतालमा उपचाररत रहेको जानकारी दिए । यस्तो अवस्थामा मानवीयताको समेत ख्याल नगरी आफूलाई निलम्बनको पत्र थमाइएको उनको गुनासो छ । ‘आमा जीवनमरणको सङ्घारमा हुनुहुन्छ, तर म अहिले पनि अफिसमै कार्यरत छु’ उनले भावुक स्वरमा भने।

महानगरपालिकाका मेयरसँग भने यो विषयमा अहिलेसम्म कुनै छलफल नभएको उनले जानकारी दिए । उनले आफूमाथि भएको कारबाहीको दोष नकसैलाई नथोपर्ने पनि बताए । ‘म कसैलाई दोष दिन चाहन्न, गाली गर्न पनि चाहन्न,’ पाण्डेले भने, ‘जनताको विश्वासमा काम गरेको छु भन्ने आत्मविश्वास छ।’

झण्डै तीन वर्षको कार्यकालमा भित्रबाहिरबाट थुप्रै चुनौतीहरू सामना गरे पनि कर्तव्यबाट पछि नहटेको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖