काठमाडौं– उपप्रमुख (उपमेयर) सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईलाई कालो मोसो दल्ने हल्ला एकाएक चलेपछि काठमाडौं महानगरपालिकामा सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ।
कार्यालय समयमा नै डंगोल र गुरागाँईलाई कालो मोसो दल्ने हल्ला चलेको थियो। अनि महानगर प्रशासनको सुरक्षाका लागि सशस्त्र प्रहरी बलको एक टोली बोलाइएको हो।
पछिल्ला दिनमा गुरागाँई विभिन्न विषयमा हावी हुँदै मनोपोली गरिरहेको चर्चा थियो। उनलाई उपमेयर डंगोलको साथ रहेको मानिन्छ।
