• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

तीन माओरी सांसद निलम्बित


  • धनकुटा खबर
  • .

वेलिङ्गटन । न्युजिल्याण्डको संसदमा माओरी हाका प्रदर्शन गर्ने तीन सांसदविरुद्ध कारबाही गरिएको छ ।

संसद्ले बिहीबार मतदानपछि तीनै सांसदहरूलाई निलम्बन गरेको हो । यी सांसदहरूले प्रस्तावित कानुनको विरोधमा माओरी हाका प्रदर्शन गरेका थिए ।

संसदबाट निलम्बित हुनेमा हाना–रावहिती मापेई–क्लार्क, डेबी नागरेवा–प्याकर र रविरी वैतीती छन् । हानालाई सात दिन र अरू दुई जनालाई २१ दिनको लागि संसदमा प्रतिबन्ध लगाइएको छ ।

यी तीन सांसदहरू माओरी पार्टीका हुन् । न्युजिल्याण्डको संसदमा सांसदहरूलाई यसअघि यति धेरै दिनका लागि कसैलाई पनि निलम्बन गरिएको थिएन । यसअघि यो समय केवल तीन दिन थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖