• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

युवती जलेको अवस्थामा मृत फेला


  • धनकुटा खबर
  • .

बुटवल । रुपन्देहीमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् ।

आइतबार बिहान जिल्लाको सम्मरीमाई गाउँपालिका–५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीय सिर्जना पाल जलेको अवस्थामा खेतमा भेटिएकी हुन् ।

आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले सिर्जनाका श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖