• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाले ओम्नि एयरको चार्टर्ड विमानबाट पठायो ३७ नेपालीलाई


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकाले ३७ जना नेपालीलाई डिपोर्ट गरेर नेपाल पठाएको छ ।

३२ जना पुरुष र ५ जना महिला आइतबार साँझ ओम्नि एयर इन्रटरनेशनल मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । अमेरिकाको एरिजोना र हवाई हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट भएर उनीहरू नेपाल आइपुगेका हुन् ।

प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेर उनीहरूलाई पठाउने गिरोह र अमेरिका गएको रुटबारे जानकारी लिने प्रयास गरेको छ ।

तर, अधिकांशले विवरण दिन अस्वीकार गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖