• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बुधबारदेखि भारी वर्षा हुने


  • धनकुटा खबर
  • .

काठमाडौँ । देशको पश्चिमी र मध्य भूभागमा हाल पश्चिमी वायु र स्थानीय वायु सक्रिय रहेका छन् भने कोशी प्रदेशमा भने मनसुनी वायु को प्रभाव देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशीमै सीमित मनसुन अझै देशभर फैलन सकेको छैन ।

सोमबार देशका पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभाग मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ । कोशी प्रदेशका थोरै स्थानहरू र अन्य प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहँदै आएको छ। यद्यपि अधिकांश भू(भागमा मौसम अझै पनि मुख्यतः खुल्ला रहनेछ । मौसमविद्का अनुसार सोमबार र मंगलबार देशभर गर्मी अझै बढ्नेछ । मंगलबारदेखि वर्षाको क्रम सुरु हुने र बुधबारबाट तापक्रम घट्दै वर्षा बढ्दै जानेछ । महाशाखाकाको भनाइमा यो हप्ताभित्रै मनसुन नेपालभर फैलने सम्भावना प्रबल देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖