• Tuesday 6th of October 2026

३ दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत भेटिइन्


  • धनकुटा खबर
  • .

दाङ । सल्यानमा तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत फेला परेकी छन् ।

सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

असोज १५ गते बेलुकादेखि घरबाट हराएकी रोका तीनदिनसम्म पनि फेला परेकी थिइनन् । त्यसपछि गाउँले र आफन्तले उनको खोजी गरेका थिए ।

बिहीबार भने घरभित्रबाट शवको गन्ध आएपछि खोज्न जादा खाद्यन्य राख्ने भकारीभित्र उनको शव फेला परेको प्रहरी कार्यालय सल्यानको प्रहरी निरिक्षक तथा प्रवक्ता गोपाल श्रेष्ठले लेकाली बताए ।

मृतकको रोका घरमा मृतक महिलासहित उनका छोरा, छोरी र बुहारीसँग बस्दै आएक थिए ।

घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

शवलाई जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम लगिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖