• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सपना गुमाएर बोरा बोकेर अमेरिकाबाट देश फर्किए नेपाली


  • धनकुटा खबर
  • .

काठमाडौ । आइतबारको त्यो मध्यरात, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट जब उनीहरू निस्किए, उनीहरूको हातमा थियो-सपना होइन, बोरा। अमेरिकाको चम्किलो सपनाले तानेका थिए उनीहरूलाई-३७ जना नेपालीहरू, जसले भविष्यको उज्यालो खोज्दै हजारौं माइल पार गरेका थिए। कतिपयका बोरा थिए, कतिपयको हात रित्तो।

तर सबैका आँखा खाली थिए। हिजो जसले अमेरिकाको आकाशमा आफ्ना आशा उडाएका थिए, आज उनीहरू अमेरिकी अध्यागमनको कठोर छानबिनपछि डिपोर्ट भएर आफ्नै माटोमा फर्किए। चार्टर्ड विमानमार्फत् ल्याइएका ती नेपालीलाई अमेरिकाले गैरकानुनी बसोबास र अध्यागमन नियम उल्लंघन गरेको आरोपमा देश निकाला गर्‍यो।

देश फर्किएका उनीहरू कुनै अपराधी होइनन्, उनीहरू त अवसरको खोजीमा निस्केका ती आम नेपाली हुन्, जो भाग्य बदल्ने आशामा परदेशिएका थिए।

तर कानुनी भूल, दलालको लोभ, वा नियतिको खेलले अब उनीहरू फेरि शून्यबाट सुरु गर्दैछन्। यी बोरा-सामानको मात्र होइन, गुमेका सपना, थकित हौसला र फेरि उठ्नुपर्ने बाध्यता बोकेको प्रतीकजस्तै थिए। हामीले आत्मा नियाल्न जरुरी छ-किन आज पनि हजारौँ नेपाली जोखिम मोलेर विदेशिने सपना देखिरहेका छन्? किन उनीहरूलाई आफ्नै देशले थाम्न सकिरहेको छैन? अब पनि देशले आफ्ना युवालाई सम्भाल्न सकेन भने, ‘बोरा बोकेर फर्किने’हरूको यो लाइन फेरि फेरि दोहोरिरहन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖