• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

आज ह्वात्तै बढ्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६४ हजार १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ८ सय ५६ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖