• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

दुर्घटनाग्रस्त एयर इन्डियाको बिमानमा नेपाली पनि रहेको पुष्टि


  • धनकुटा खबर
  • .

काठमाडौँ – भारतको अहमदाबादमा विहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा नेपाली मूलकी एयर होस्टेस मनिषा थापाको पनि मृत्यु भएको पुष्टि भएको छ। थापा एयर इन्डियाको क्याबिन क्रू सदस्यका रूपमा कार्यरत थिइन् ।

दुर्घटनामा ज्यान गुमाउने चालक दलका सदस्यमध्ये उनी ‘गोर्खा क्याबिन क्रू’ की थिइन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार, थापाको परिवार बिहारमा बसोबास गर्दै आएको बताइएको छ। उनले अर्थशास्त्र विषयमा स्नातक तहसम्मको अध्ययन गरेकी थिइन् र त्यसपछि एयर होस्टेसको पेशा रोजेकी थिइन्।

उक्त विमान दुर्घटनामा चालक दलका सदस्यसहित हालसम्म २४१ जनाको मृत्यु भइसकेको छ, भने एक जना मात्र जीवित उद्धार भएका छन्।

ज्यान गुमाउने चालक दलका सदस्यहरूमा क्याप्टेन सुमीत सभरवाल, रतनजीव कुन्दर, अर्पना अमोल महादिक, श्रद्धा महादेव धवन, दीपक बालासाहेक पाठक, इरफान समीर शैख, लमनुनथमी सिङगसन, सैनिता चक्रवर्ती, नानथोइ शर्मा कोङब्राइ, मैथिली मोरेश्वर पाटिल, मनिषा थापा र रोशनी राजेन्द्र सोङघारे रहेका छन्। तिनमध्ये सिङगसन र शर्मा भारतको मणिपुर राज्यका हुन् भन्ने उल्लेख भारतीय सञ्चार माध्यमहरूले गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖