अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई उनीहरूको घरमै पसेर गोली हानिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कलाई गोली हानी मारिएको हो।
यस्तै डेमोक्र्याटिक स्टेट सिनेटर जोन हफम्यान र उनकी श्रीमती यभेटलाई पनि धेरैपटक गोली हानिएको छ। उनीहरू भने घाइते मात्र भएका छन्। दुवै जनाको शल्यक्रिया गरिएको छ भने उनीहरू बाँच्ने सम्भावना रहेको डाक्टरहरूले बताएका छन्।
यो जानकारी मिनेसोटाका गभर्नर टिम वाल्जले दिएका हुन्। उनका अनुसार यो आक्रमण राजनीतिक कारणले गरिएको देखिन्छ।
