• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

प्रकृति लम्साललाई आत्महत्या गर्न बाध्य पार्ने भारतीय रिहा


  • धनकुटा खबर
  • .

काठमाडौं। भारतको उडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या दुरुत्साहनमा पक्राउ परेका युवक धरौटीमा रिहा भएका छन्।

प्रकृति लम्साल शंकास्पद अवस्थामा मृत फेला परेको प्रकरणका अभियुक्त रहेका भारतीय छात्र अद्विक श्रीवास्तव धरौटीमा रिहा भएका हुन्। उनलाई उडिसास्थित उच्च अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

गत फागुन ४ गते केआईआईटी कलेजमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल होस्टलमै मृत भेटिएकी थिइन्। उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा त्यहीँ पढ्ने युवक श्रीवास्तव पक्राउ परेका थिए।

उडिसाको उच्च अदालतले मे १६ मा १ लाख धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भइसकेका छन्। अभियुक्त रिहा भएको थाहा पाएलगत्तै प्रकृकिा बुबा सुनील लम्सालले परराष्ट्रमन्त्री डा आरजु राणालाई भेटेर ज्ञापनपत्र दिएका थिए।

उडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा मृतक प्रकृति लम्सालको पिता सुनिल लम्सालले ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेको बताउँदै आएका थिए।

ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङका कारण छोरीले आत्महत्या गरेकोमा उनले प्रहरीलाई किटानी जाहेरी समेत दिएका थिए। सोही आधारमा भुवनेश्वर प्रहरीले आरोपीलाई भाग्न लागेको अवस्थामा एयरपोर्टबाटै पक्राउ गरेर अनुसन्धान गरेको थियो।

प्रहरीको अनुसन्धानपछि उनलाई अदालतमा पठाइएको थियो। अदालतले पूर्पक्षएका लागि थुनामा पठाएपनि उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका छन्। भारतमा केही महिनाको अवधिमा दुईजना नेपाली छात्राको मृत्यु भएको थियो।

भुवनेश्वरको केआईआईटीमै १९ वर्षीया प्रीशा साहले पनि आत्महत्या गरेकी थिइन्। उनको आत्महत्याको कारण अझै खुल्न सकेको छैन। प्रिसाको आत्महत्याबारे भुवनेश्वर प्रहरीले एक युवकसहित चार युवतीलाई अनुसन्धान गरिरहेको छ। यद्यपि ती युवक भने अहिले फरार रहेको भुवनेश्वर प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖