काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट शुक्रबार राति एकै साथ दुई जनाको शव फेला परेको छ।
मृ’तकहरूमा ५४ वर्षीय भारतीय नागरिक परम नारायण गिल र २८ वर्षीया अञ्जना तामाङ रहेका छन्।
गिलले बूढानीलकण्ठस्थित घर भाडामा लिएका थिए भने अञ्जना त्यही घरमा काम गर्थिन्।
उनी सोफामा टाउकोमा चोट लागेको अवस्थामा मृ’त फेला परेकी थिइन्, गिल भने भुइँमा मृ’त अवस्थामा भेटिएका थिए।
घटनास्थलमा फलामको ह्यामर र ‘सेल्फोस’ विषादी फेला परेकोले प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान जारी राखेको छ।
