• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता डाक्टरको विषय ‘छक्का पन्जा ५’ सँग मिलेको दीपकको दाबी


  • धनकुटा खबर
  • .

सामाजिक सञ्जालमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठको विषय आफ्नो चलचित्र ‘छक्का पन्जा ५’को कथासँग मिलेको दाबी गर्दै उनलाई रोक्न अपिल गरेका छन्।

रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा राम्रो काम गर्न खोज्दा सहकर्मी, स्थानीय र अस्पताल व्यवस्थापन पक्षले विभिन्न झुटा आरोप लगाएर सरुवा गरेको आरोप लगाउँदै डा. श्रेष्ठ सोमबार बिहान आफू बाँच्न नसक्ने अवस्थामा पुगेको कुरा फेसबुकमा लेखी बेपत्ता भएका हुन्।

उनको स्टाटस सेयर गर्दै कलाकार गिरीले उनलाई आत्महत्या गर्नबाट रोक्न सबै पक्षसँग आग्रह गरेका हुन्।

साथै गिरीले उनको पीडा आफ्नो फिल्म ‘छक्का पन्जा ५’को विषयसँग मिलेको दाबी पनि गरेका छन्।

‘म उहाँलाई चिन्दिनँ। तर देशले अनेकौँ तन्त्रहरूको अभ्यास गरे पनि थोत्रो सिस्टम फेर्ने अभ्यास कहिल्यै गरेन। भ्रष्टहरू पुरस्कृत हुने र इमानदार मानिसले सधैँ पीडा भोगिरहनु पर्ने बाध्यता कायमै रह्यो’, गिरीले फेसबुकमा लेखेका छन्, ‘छक्का पन्जा ५ मा देखाइएको विषयसँग पनि मेल खायो र पढेर सारै मन दुख्यो। आत्महत्या गर्दैछु भनेर लेख्नु भएछ उहाँले। मर्नुभन्दा बौलाउनु राम्रो भन्छन्। उहाँलाई रोकौँ। उहाँले लेखेको कुरामा सबैको ध्यान जाओस्।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖