• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

कोरिया पठाइदिने भन्दै रकम असुली, एकीकृत समाजवादीका नेता महता पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, २ असार । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य देवसिंह महता पक्राउ परेका छन् । कोरिया पठाइदिने भन्दै रकम असुलेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कोरियाको सिजनल भिसामा पठाइदिने भन्दै उनले ३५ जनाबाट एक करोड ५० लाखभन्दा बढी असुल गरेको आरोप छ । पीडितहरुले वैदेशिक रोजगार विभागमा जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।

उक्त गिरोहमा संलग्न रहेको आरोप लागेका पूर्वश्रममन्त्री शेरबहादुर कुँवरका भाइ राजेन्द्र कुँवर र विनोद थापा फरार रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖