• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

हनिमुन हत्या प्रकरण: राजा र सोनमको अन्तिम भिडिओ भेटियो


  • धनकुटा खबर
  • .

भारतीय प्रान्त मध्य प्रदेशस्थित इन्दौरका राजा रघुवंशी हनिमुनका क्रममै मारिएपछि श्रीमती सोनम प्रहरीको हिरासतमा रहेका बेला उनीहरूको अन्तिम भिडिओ सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त जोडीको त्यो अन्तिम भिडिओ गल्तीले पर्यटकको क्यामेरामा कैद भएको हो। जसमा राजा र सोनम जंगलमा सँगै देखिएका छन्। देव सिंह नामका सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडिओ इन्स्टाग्राममा सेयर गरेका छन्।

देवले यो भिडिओ मे २३ को भएको दाबी गरेका छन्, जुन गल्तीले आफ्नो क्यामेरामा रेकर्ड भएको उनको भनाइ छ।

देवले हालसालै आफ्नो मेघालय यात्राको भिडिओ हेर्ने क्रममा राजा र सोनम पनि देखिएको बताएका छन्।

यो भिडिओ सोनम र उनका साथीहरूले राजालाई मारेको दिनको भिडिओ भएको दाबी गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖