काठमाडौं । इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै कुरा अनिश्चित रहेको बताएका छन् ।
ट्रम्पले सो निर्णयको अनुमोदन गराइ सकेका छन् । तथापि उनले अन्तिम घोषणा भने गरेका छैनन्। ट्रम्पले यो निर्णय पास गराइसकेको विषय सुरुमा वाल स्ट्रिट जनरलले प्रकाशित गरेको थियो ।
‘म गर्न पनि सक्छु नगर्न पनि सक्छु। यो कसैलाई थाहा छैन, मैले आक्रमण सुरु गरेँ भने इरान बाध्य भएर वार्तामा आउने छ,’ उनले बुधबार भनेका छन्।
विश्वको ध्यान त्यहाँ केन्द्रित हुँदासमेत इरान र इजरायल युद्ध जारी छ। दुई देशले बुधबार राति पनि एक अर्कामाथि आक्रमण गरेका छन्।
