• Tuesday 6th of October 2026

काठमाडौं जाँदै गरेको कन्टेनर कुन्छालमा दुर्घटना, चालकको घटनास्थलमै मृत्यु


  • धनकुटा खबर
  • .

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका-१ कुन्छालमा कन्टेनर गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

आज शनिबार बिहान वीरगंजबाट काठमाडौं जाँदै गरेको ना६ख ३९८७ नम्बरको कन्टेनर कुन्छालको मोडमा दुर्घटना हुँदा गाडी सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कन्टेनर चालक नुवाकोट बेलकोट-५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖