• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गाजामा फेला पर्‍यो ८ बन्धकको शव, विपिन जोशी अझै बेपत्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार योनाटन समेरानो, ओफ्रा केदार र स्टाफ सार्जेन्ट शाई लेभिनसनको शव फेला परेको जानकारी दिएका छन्। उनका अनुसार यो महिनामै गाजाबाट जम्मा आठ जना बन्धकको शव भेटिइसकेको छ।

नेतन्याहूले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै बन्धकहरूलाई फर्काउने अभियान जारी रहने बताएका छन्। “हामी जीवित वा मृत सबै अपहरणमा परेकालाई फिर्ता ल्याउँछौँ,” विज्ञप्ती जारी गर्दै उनले भने।

यता, कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै खुल्न सकेको छैन। गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणमा उनी बन्धक बनिएका थिए।

उक्त आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका विपिन जोशी हमासद्वारा अपहरणमा परेका थिए।

नेपाल सरकारले उनको अवस्थाबारे जानकारी लिन कूटनीतिक प्रयास जारी राखेको बताउँदै आएको छ। तर हालसम्म कुनै ठोस सफलता मिलेको छैन।

इजरायली सेनाका अनुसार अझै करिब ५४ जना बन्धक गाजामा छन्, जसमध्ये ३१ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖