• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

एयर इन्डियाको विमानमा बम रहेको सन्देशसहितको टिस्यु पेपर भेटिएपछि हंगामा


  • धनकुटा खबर
  • .

एयर इन्डियाको विमानमा बम रहेको सन्देशसहितको टिस्यु पेपर भेटिएपछि हंगामा मच्चिएको छ।

चालक दलका एक सदस्यले विमानमा टिस्यु पेपर फेला पारेका थिए। यसबारे प्रहरी अधिकारीहरूलाई जानकारी गराइएको थियो। यसपछि सुरक्षा अधिकारीहरू सम्पूर्ण विमान जाँच गर्न पुगेका छन्।

जानकारी अनुसार मुम्बईबाट दिल्ली आएको उडान नम्बर २९५४ मा चालक दलका सदस्यले एउटा टिस्यु पेपर फेला पारेका थिए। जसमा लेखिएको थियो ‘एयर इन्डियाको उडान नम्बर २९४८ मा बम छ।’

यसअघि शनिबार बर्मिङघम (बेलायत) बाट दिल्लीका लागि उडेको एयर इन्डियाको उडानलाई बमको धम्की आएपछि साउदी अरेबियाको रियाद शहरमा डाइभर्ट गर्नु परेको थियो। टाटा समूहको स्वामित्वमा रहेको एयरलाइन्सले आइतबार घटनाको पुष्टि गरेको छ।

एयर इन्डियाले आफ्नो विज्ञप्तिमा विमानलाई रियाद विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरिएको र पूर्ण सुरक्षा जाँच गरिएको बताएको छ। जाँचमा केही शंकास्पद नभेटिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖