• Monday 5th of October 2026

‘साहसी छोरीहरु’ भन्दै प्रधानमन्त्री ओलीले यस्तो भने…


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले आफ्नो सामाजिक सञ्जालमा अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको प्रोफाइल सार्वजनिक गर्ने अभियानको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीले गायिकाद्वय चौहान र अधिकारीकाे तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै साहसी छोरीहरु भन्दै प्रशंसा गरेका छन् ।

समीक्षा र एलिनाले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने तथा अभद्र र छुद्र शब्दहरू प्रयोग गरेर कमेन्ट गर्ने प्रयोगकर्ताको कमेन्ट र फोटो आफ्नो सञ्जालमा सार्वजनिक गर्ने तरिका सही लागेका ओलीले बताए ।

साथै उनले समाजमा बढ्दो गाली प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन्। आफू राम्रो देखिन अरूको दोष देखाएर गाली गर्ने, सधैं विरोध र सराप गर्ने परपीडक मानसिकता समाजका लागि खतरनाक भएको ओलीको भनाइ छ।

‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ।’ उनले लेखेका छन्,‘ समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।’

उनले पछिल्लो समय सामाजिक सञ्जालमा आलोचकहरूलाई प्रतिवाद गर्ने गायिका समिक्षा र एलिनाको भण्डाफोर अभियानलाई समर्थन जनाएका छन्।

साथै उनले समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको भन्दै राम्रो गर्न खोज्नेले हिम्मत हार्न नहुने बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖