• Monday 5th of October 2026

यि अर्का क्रिकेटर बिरुद्द पनि बलात्कारको आरोप


  • धनकुटा खबर
  • .

इन्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का फास्ट बलर यश दयालविरुद्ध एक युवतीले बलात्कारको आरोप लगाएकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार गाजियाबादको इन्दिरापुरममा बस्ने ती युवतीले दयालविरुद्ध अनलाइन पोर्टलमा उजुरी दर्ता गराएकी छन्।

यो घटनाले खेलकुद जगतमा हंगामा मच्चाएको छ र प्रहरीले यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।

गाजियाबाद प्रहरीले आइतबार पीडितको बयान रेकर्ड गरेको छ। र, यश दयाललाई बयान रेकर्डका लागि आउन सूचना पठाएको छ।

प्रहरी अधिकारीहरूले यश दयाललाई बयान रेकर्ड गर्न ढिलाइ नगर्न भनेका छन्।

पीडितका अनुसार सन् २०१९ देखि सामाजिक सञ्जालमा यश दयालसँग कुराकानी सुरु भएको थियो। यसपछि यशले इन्स्टाग्राममा विवाहको प्रस्ताव राखे। यसपछि यशले आफूलाई लामो समयसम्म बेंगलुरुमा सँगै राखेको आरोप युवतीले लगाएकी छन्।

पीडितले केही समययता यशले आफूलाई बेवास्ता गरेको र एक महिनाअघि सामाजिक सञ्जालमा ब्लक गरेको बयानमा बताएकी छन्। पीडितको आरोप छ, ‘यशले विवाह गर्न अस्वीकार गरे। मैले विरोध गर्दा मलाई कुटपिट गरे।’

पीडितले जुन २१ मा आईजीआरएसमा उजुरी गरिन् र जुन २५ मा सामाजिक सञ्जाल पोस्टमार्फत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग मद्दत मागिन्।

युवतीले आफू आर्थिक र सामाजिक रूपमा असहाय भएको बताएकी छन्। उनले च्याट स्क्रिनसट र भिडिओ कलको रेकर्ड पनि प्रहरीसमक्ष पेस गरेकी छन्।

यश दयाल पहिले पनि विवादमा परेका छन्। दुई वर्षअघि उनले आफ्नो इन्स्टाग्राम खातामा मुस्लिमविरोधी कुरा पोस्ट गरेका थिए। विरोध बढेपछि पछि डिलिट गरेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖