काठमाडौँ । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा पक्राउ परेका गुञ्जन राई विरुद्ध तीन दिन म्याद थप भएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले राईलाई तीन दिन हिरासतमा राख्न आदेश दिएकाे हाे ।
गायिका चौहानले आफूलाई गालीगलौज गर्नेहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै ब्युरोमा उजुरी दिएकी थिइन् ।
एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
एलिना चौहानलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ
आरोपीविरुद्ध साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको साइबर व्यूरोका प्रहरी उपरीक्षक दिपकराज अवस्थीले बताए ।
उनी बुधबार पक्राउ परेका थिए ।
