• Sunday 4th of October 2026

पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना सङ्क्रमण


  • धनकुटा खबर
  • .

काठमाडौँ । पछिल्लाे केही समयदेखि कोरोना सङ्क्रमण सङ्क्रमण दर बढ्दै गएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अनुसार पछिल्लो २४ घण्टामा ७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो एक हप्तामा मात्रै ४० नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै, गएको पुसदेखि हालसम्म ३ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

हालसम्म देशका ३९ जिल्लामा कोभिडका बिरामी भेटिएकाको ईडिसिडीले जनाएको छ । पछिल्ला दिनहरूका आँकडालाई केलाउँदा पछिल्ला केही हप्तामा सङ्क्रमण दर बढेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖