• Wednesday 7th of October 2026

कोशीका मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङसमक्ष बुझाए राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौं, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन् ।

कार्की गत भदौ २२ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभाबाट विश्वासको मत लिने आज कार्यसूची रहेको थियो । विश्वासको मतका लागि वातावरण नबनेपछि कार्कीले प्रदेश सभामै राजीनामा घोषणा गरेका थिए ।

कार्कीले राजीनामा बुझाएसँगै कोशीमा संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖