• Monday 5th of October 2026

रविको पक्षमा हस्ताक्षर गर्दै गायक नवीन के भट्टराई


  • धनकुटा खबर
  • .

गायक नवीन के भट्टराईले रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दैछन्। भट्टराईले बिहीबार (आज) दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी मुख्यालय वनस्थली च:मति पुगेर हस्ताक्षर गर्दैछन्।

भट्टराई रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेका स्कूल-मेट हुन्। कुनै बेला उनीहरूले बूढानीलकण्ठ स्कूलमा एउटै कक्षामा पढ्थे।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने अहिले भैरहवा कारागारमा छन्। सहकारी ठगीमा मुछिएका उनी थुनामा पठाइनु ‘राजनीतिक प्रतिशोध’ भएको उनको दल रास्वपाले जिकिर गर्दै आएको छ। रास्वपा नेताहरूले त्यसविरुद्ध नै आफूहरूले हस्ताक्षर अभियान चलाएको बताउँदै आएका छन्।

रास्वपाले गत असार ९ गतेदेखि पार्टी सभापति लामिछानेको पक्षमा हस्ताक्षर चलाएको छ। अहिलेसम्म २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भइसकेको छ। यो अभियान कम्तीमा तिहारसम्म लम्ब्याउने रास्वपाको तयारी छ।-नागरिक

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖