“हामी साथसाथै लागेर हिँडेको यात्रा धेरै पर आइसकेको छ। यस यात्रामा अनेकन उतारचढाव आए, संघर्षका पाटा पार गर्दै अघि बढ्यौँ, तर हाम्रो साथ कहिल्यै टुटेन। आत्मीयता, विश्वास र मित्रताको गहिरो डोरिले हामीलाई बाँधिरह्यो।
पछाडि फर्किएर हेर्दा, हाम्रा ती संघर्षहरू पनि आज गौरव लाग्छ। तपाईंको ‘जि’ ले गर्दा मेरो ‘पा’ ले अर्थ पाएको हो। तपाईंको साथबिना अर्जुन घिमिरे त हुन्थे होला, तर ‘पाँडे’ भन्ने पात्रको अस्तित्व रहँदैनथ्यो।
कोही साथीको साथले जीवनमा कति ठूलो फरक पार्दोरहेछ भन्ने कुरा म तपाईंलाई हेरेर बुझ्छु। तपाईंलाई सम्झिएपछि मात्र मेरो लागि मित्रताको परिभाषा पूरा हुन्छ।
आज तपाईंको जन्मदिन हो, तर यो दिन मेरो पनि विशेष दिन हो। तपाईंको जन्म दिनु, तपाईंको जीवनमा आउनु – त्यो मेरो जीवनको पनि पुनर्जन्म जस्तै लाग्छ।
हामी दुवैलाई जन्मदिनको हार्दिक शुभकामना।
