• Monday 5th of October 2026

रुँदै इन्स्टामा आएकी तनुको घरमा किन पुग्यो प्रहरी


  • धनकुटा खबर
  • .

काठमाडौं– हट अवतार हुँदै बलिउडमा प्रवेश गरेकी तनुश्री दत्ताको घरमा प्रहरी पुगेको छ।

उनले रुँदै इन्स्टाग्राममा भिडिओ पोस्ट गरेपछि कारण खोज्दै प्रहरी निवासमा पुगेको जनाइएको छ।

मिडिया रिपोर्टका अनुसार उनको अहिलेको अवस्थाबारे सोधपुछ गरेको प्रहरीले बयानका लागि पनि बोलाएको छ।

उनलाई घरेलु हिंसा भएको आँकलन गरिएको छ। ‘आशिक बनाया आपने’ बोलको हट गीतको फिल्ममा अभिनयमार्फत बलिउडमा केही समय चम्किएकी तनुश्रीलाई यसपटक घरेलु विषयमा तनाव भएको हो।

यसअघि उनको राखी सावन्तसँग पनि विवाद आएको थियो। उनले बलिउडका केही निर्देशकहरु र अभिनेता नाना पाटेकरसम्मलाई विवादमा तान्नेगरी बयान दिनेमा पर्छिन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖