काठमाडौं : थाइल्याण्ड–कम्बोडिया सीमामा झडप भएको छ। बिहानैदेखि दुई देशका सैनिकबीच गोलीबारी भइरहेको हो।
दुवै पक्षले एकअर्कालाई पहिला गोली चलाएको आरोप लगाएका छन्।
एक दिन अघि सीमामा बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएपछि थाइल्याण्डले कम्बोडियाबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको बेला यो घटना भएको छ।
थाई सेनाले कम्तीमा दुई सैनिक र तीन सर्वसाधारण घाइते भएको बताएको छ। सीमा झडपका बीच थाई दूतावासले थाई नागरिकलाई कम्बोडिया छोड्न आग्रह गरेको छ।
थाइल्याण्डको शिक्षा मन्त्रालयले थाइल्याण्डको सुरिन प्रान्तको विवादित सीमा नजिकै रहेका सबै विद्यालय बन्द गरेको छ।
