• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

तीन सन्तान जन्माउने आमाबाबुलाई वार्षिक २ लाख रूपैयाँ दिइने


  • धनकुटा खबर
  • .

काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले घट्दो जन्मदरको समस्याको सामना गरिरहेको छ। यसको सामना गर्न चीनले एकभन्दा बढी बच्चा जन्माउँदा अनुदान दिने घोषणा गरेको छ।

चीनले अब तीन वर्ष मुनिका बालबालिकाका लागि अभिभावकलाई हरेक वर्ष प्रति बच्चा ३६०० युआन (लगभग ७० हजार रूपैयाँ) वार्षिक अनुदान दिनेछ। यो अनुदान तीन बच्चाहरूको लागि १० हजार ८०० युआन सम्म प्राप्त गर्न सकिन्छ।

सरकारले एउटा बच्चाको लागि ३६०० युआन ३ वर्षसम्म दिनेछ । अर्थात अभिभावकले एउटा बच्चा जन्माउँदा ३ वर्षमा १० हजार ८०० युआन पाउनेछन् । ३ बच्चा जन्माउँदा यो तीन गुणा बढी हुनेछ ।

चीनमा जन्मदर बढाउन सोमबार यो नीति घोषणा गरिएको हो। सरकारी सञ्चारमाध्यमका अनुसार चीनको यो नीतिले लगभग २ करोड परिवारलाई आफ्ना बच्चाहरूको पालनपोषणमा मद्दत गर्नेछ।

जन्मदर बढाउन चीनले लगभग एक दशकअघि एक सन्तान नीति अन्त्य गरिसकेको छ। त्यसपछि पनि जन्मदर घट्दै गएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖