कुनै समय फिल्म र गीत करोड क्लबमा प्रवेश गर्नु निकै ठूलो मानिन्थ्यो। इन्टरनेटको सहज पहुँचसँगै अहिले एकपछि अर्को फिल्म र गीतले त्यो आँकडा पार गर्ने गरेका छन्। युट्युबमा करोड बढी हेरिएका गीत र फिल्म थुप्रै छन्।
पछिल्लो समय युट्युबमा नेपाली सिरियलको क्रेज पनि लोभलाग्दो देखिन्छ। टेलिभिजनमा प्रसारणमा आउने अधिकांश सिरियल युट्युबमा अपलोड गरिन्छ।
धेरैले युट्युबलाई केन्द्रमा राखेर समेत सिरियलको निर्माण गरिरहेका छन्। यद्यपि युट्युबमा एक करोड भ्युज पाउने सिरियल भने अहिलेसम्म न्यून छन्। पहिलोपटक ‘भद्रगोल’ सिरियलले युट्युबमा एक करोड भ्युज पाएको थियो।
