• Monday 5th of October 2026

वलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण, के हो मामिला जान्नुहोस्


  • धनकुटा खबर
  • .

मुम्बई, १५ साउन । पञ्जाब र हरियाणा उच्च अदालतले चर्चित बलिउड अभिनेता राजकुमार राव विरुद्ध दर्ता भएको एफआईआर रद्द गर्न माग गर्ने याचिकामा सुनुवाइ गरेको छ। 

जालन्धरका प्रहरी आयुक्तको शपथ पत्रमार्फत प्रहरीसँग अनुसन्धानको स्टेटस रिपोर्ट मागिएको थियो । अहिले उनले अदालतमा आत्मसमर्पण गरेपछि जमानतमा रिहा भएका छन्। राजकुमार रावको यो मामला एक विवादास्पद पोस्टरसँग सम्बन्धित छ, जसमा राजकुमार रावलाई भगवान शिवको रूपमा मोटरसाइकलमा बसेको देखाइएको थियो।

उच्च अदालतले यस मामिलामा पञ्जाब प्रहरीसँग अनुसन्धान रिपोर्ट मागेको छ। अब यस विषयमा अर्को सुनुवाई अगस्ट ८ मा हुने भएको छ ।

खासमा राजकुमार रावको २०१७ को फिल्म ‘बेहेन होगी तेरी’ ले उनलाई कानुनी समस्यामा पारेको थियो किनभने एउटा दृश्यले मानिसहरूको धार्मिक भावनामा चोट पुर्‍याएको बुझाई थियो। यो विषय उनको २०१७ मा आएको फिल्म ‘बेहेन होगी तेरी’सँग सम्बन्धित छ। 

अभिनेतामाथि धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेपनि अब उनले सशर्त जमानत पाएका छन् । मुद्दा स्थगित भएको छ।

यो सम्पूर्ण विवाद पोस्टर र एक दृश्यको वरिपरि घुमेको छ, जसमा भगवान शिवलाई चप्पल लगाएर बाइकमा यात्रा गरिरहेको देखाइएको छ। जसलाई केही दर्शकले आपत्तिजनक जनाएका थिए । अभिनेता र फिल्म निर्माताहरू विरुद्ध शिवसेना नेता इशान्त शर्माले पञ्जाबको जालन्धरको पुलिस डिभिजन नम्बर ५ मा उजुरी दर्ता गराएका थिए र यो चित्रण अपमानजनक भएको दाबी गरेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖