• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

६ करोड अपचलनको आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगरस्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त थिमीसँगको समन्वयमा केसीलाई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ स्थित गठ्ठाघरबाट पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप क्षेत्रीले रातोपाटीलाई बताए ।

सहकारीका अध्यक्ष ३४ वर्षीय केसी दोलखाको मेलुङ गाउँपालिका–६ का स्थानीय हुन् । उनी २०८१ वैशाख देखी फरार थिए ।

उनीमाथि बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार हिनामिना गरेको आरोप छ । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖