• Monday 5th of October 2026

नानामाथि तनुश्रीले फेरि लगाइन् गम्भीर आरोप, ज्यान लिन खोजेको दाबी


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरमाथि फेरि गम्भीर आरोप लगाएकी छन्। उनले मीटू अभियानपछि नाना पाटेकरको ‘नाम’ फाउन्डेसनले दुर्व्यवहार गरेको बताएकी हुन्। उनको इमेल ह्याक गरियो र अटोको ब्रेक पटक-पटक तोडिएको उनको आरोप छ।

तनुश्रीले एक अन्तर्वार्तामा सन् २०२० मा केही मानिसले आफूलाई उत्पीडन गरेको महसुस गरेको बताएकी छिन्। उनले भनिन्, ‘म जहाँ जान्छु, मानिसहरू मलाई पछ्याउँछन्, रेकर्ड गर्छन् र पछ्याइएको महसुस गराउँछन्।’ उनले अगाडि भनिन्, ‘मेरो गाडीको ब्रेक तोडियो, दुर्घटना भयो।’

उनले थपिन्, ‘उज्जैनमा मेरो अटोको ब्रेक र क्लच दुई पटक तोडियो। होटलको कोठाको चाबी अरूलाई दिइयो। यी घटनाले मलाई विश्वास गर्न बाध्य बनायो।’ उनले भनिन्, ‘२०२० मा फाउन्डेसनविरुद्ध बोलेपछि यी घटना भइरहेका छन्। मेरो इमेल ह्याक गरियो। मेरो बुकिङ विवरण कसरी सबैलाई थाहा भयो?’

रुँदै भिडियो बनाउनुको कारण सोध्दा उनले मानिसहरूले निरन्तर हैरानी गरेको बताइन्। ‘उनीहरू घरमा आएर घण्टी बजाउँछन्, तर ढोका खोल्दा भाग्छन्। त्यसैले भिडियो बनाएँ,’ उनले भनिन्। दुई वर्षअघि पनि उनले यस्तै भिडियो बनाएकी थिइन्, तर कसैले सम्पर्क गरेनन्। यो भिडियो भाइरल हुन्छ भन्ने उनले नसोचेको पनि उल्लेख गरेकी छिन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖