• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

जहाज उड्न थालेपछि आत्तिएका व्यक्तिलाई जब सँगै बसेका यात्रुले थप्पड हाने


  • धनकुटा खबर
  • .

भारतमा उडानका क्रममा जहाजभित्रै एक यात्रुले सँगै बसेका अर्का यात्रुलाई थप्पड हानेका छन्।

मुम्बईबाट कोलकाता उडेको इन्डिगो एयरलाइन्सको फ्लाइट ६ ई१३८ मा एक यात्रुले छेउमा बसेका यात्रुमाथि थप्पड हानेका हुन्।
उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।

थप्पड खाने व्यक्ति असमको कछार जिल्लाको काटिगोरा क्षेत्रअन्तर्गत लाथिमारा गाउँका ३२ वर्षीय हुसैन अहमद मजूमदार भएको खुलेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटना बिहीबारको हो।
जहाज उड्न थालेपछि हुसैन आँत्तिएका थिए। उनलाई ‘प्यानिक अट्याक’ आएको बिबिसीले जनाएको छ।

त्यसपछि उनी अकास्मात सिटबाट उठेका थिए। उनी त्यहाँबाट आफूलाई बाहिर जान दिन अनुरोध गर्दै सिट छाडेर बाहिरिन खोजेका थिए।
त्यसपछि वरपरका सिटमा रहेका यात्रु र जहाजको क्याबिन क्रूका सदस्यहरूले हुसैनलाई सम्हाल्ने प्रयत्न गरेका थिए।

सिट छाडेर बाहिर निस्केका हुसैनलाई अन्यले सम्हाल्ने कोसिस गरिरहँदा सँगैको बसेका एक पुरूषले भने उनलाई थप्पड हानेका थिए।
ती व्यक्तिले थप्पड हानेको भिडिओ जहाजमै भएका अरू मानिसहरूले खिचेर सार्वजनिक गरेका थिए।

थप्पड हानेका व्यक्तिलाई क्याबिन क्रू का सदस्य र यात्रुहरूले गाली गर्दै किन हानेको भनेर सोधेका थिए।

‘यो मान्छेले गर्दा हामीलाई समस्या भयो,’ जबाफमा ती व्यक्तिले भनेका थिए।

त्यसपछि थप्पड हानेर गलत गरेको भनेर अरू यात्रुहरू ती व्यक्तिमाथि खनिएका थिए।

थप्पड खाएपछि हुसैन अझै आँत्तिएर रून थालेको दृश्य भिडिओमा देखिन्छ।

जहाज कोलकाता अवतरण गर्नासाथ थप्पड हानेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि विमानस्थल कार्यालयमा बुझाइएको थियो।
इन्डिगो एयरलाइन्सले पनि घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै आवश्यक कारबाही गर्ने भनेको थियो।

उनीमाथि उडान प्रतिबन्ध लाग्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

थप्पड हान्ने व्यक्तिको नाम भने सञ्चारमाध्यहरुले पनि गोप्य राखेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖