• Sunday 4th of October 2026

गायिका मेनुका पौडेललाई इन्डियन आइडलको अडिसनमा गोल्डेन माइक


  • धनकुटा खबर
  • .

झापाली गायिका मेनुका पौडेलले इन्डियन आइडल सिजन १४ को अडिसनमा गोल्डेन माइक जित्न सफल भएकी छन् । पौडेलले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएकी थिइन् ।

मेनुकाले गीत गाउँदै गर्दा जजमध्येकी एक गायिका श्रेया घोसाल भक्कानिएकी थिइन् । उनको प्रस्तुति सकिएपछि केहीबेरसम्म जजहरूमा शन्नाटा छाएको थियो । त्यसपछि सबै जजेजहरू श्रेया, विशाल डिडलानी र कुमार सानुले उठेर स्टान्डिङ अवेसन दिए ।

गायिका श्रेयाले आफूहरूभित्रको संगीतप्रतिको स्पष्टता र निर्दोशिता जगाइदिएको बताइन् ।

झापा हल्दिबारीमा जन्मिएकी मेनुका २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् भने २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖