• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

हेलिकप्टर दुर्घटना ,दुई मन्त्री सहित ८ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

घानामा भएको एक सैन्य हेलिकोप्टर दुर्घटनामा दुई मन्त्रीसहित आठ जनाको मृत्यु भएको छ।

दुर्घटनामा निधन हुनेमध्ये घानाका रक्षा मन्त्री एडवर्ड ओमाने बोआमाह र वातावरण, विज्ञान तथा प्रविधि मन्त्री इब्राहिम मुर्तला मुहम्मद रहेका छन्। साथै, तीन जना सरकारी अधिकारी र तीन जना वायुसेना कर्मचारीको पनि मृत्यु भएको पुष्टि गरिएको छ।

मृत्यु हुनेहरुमा उपराष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मुहम्मद मुनिरु लिमुना, नेशनल डेमोक्रेटिक कांग्रेसका उपाध्यक्ष सामुएल सार्पोङ, सांसदका उम्मेदवार सामुएल अबोआग्ये रहेका छन् । यस्तै, तीन जना चालक दलका सदस्यहरूमा स्क्वाड्रन लिडर पिटर बाफेमी अनाला, फ्लाइङ अफिसर मालिन ट्वुम–अम्पाडु र सर्जेन्ट एर्नेस्ट एडो मेन्साह रहेका छन् ।

राजधानी अक्राबाट ओबुआसीतर्फ जाँदै गरेको जेड९ हेलिकप्टरसँग सम्पर्क टुटेको जानकारी दिइएको थियो । हेली ओबुआसी दक्षिण घानाको एक प्रमुख खानी क्षेत्र हो । उडानका क्रममा हेलिकोप्टरको रडारसँग सम्पर्क टुटेको जानकारी दिइएको छ।

राष्ट्रपतिको कार्यालयबाट जारी भिडियो सन्देशमा यो दुर्घटनालाई ‘राष्ट्रिय विपत्ति’ भन्दै समवेदना व्यक्त गरिएको छ । राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रपति कार्यालयले झण्डा आधा झुकाउन भनेको छ ।

यो पछिल्लो समय घानामा भएको ठूलो दुर्घटना हो । यसअघि सन् २०१४ र २०२१ मा पनि घानामा यस्तै विमान दुर्घटना भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖