• Monday 5th of October 2026

रिलिजको साता दिन अघी रजनीकान्तको ‘कुली’को २० करोडको टिकट बिक्री


  • धनकुटा खबर
  • .

मुम्बई, २३ साउन । यतिबेला बक्स अफिसमा फिल्मको अभूतपूर्व सफलता देखिएको छ । चलचित्रहरू लगातार हिट भइरहेका छन् र निर्माताहरूले ठूलो नाफा कमाउँदै छन्। यसैबीच अगस्त १४ मा एकैसाथ यी दुई ठूला फिल्म रिलिज हुँदैछन् ।

 

एकातिर ऋतिक रोशन र जुनियर एनटीआरको एक्सन प्याक फिल्म ‘वार २’ छ भने अर्कोतिर साउथ सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षित फिल्म ‘कुली’ छ । रजनीकान्तको फिल्म ‘कुली’ ले रिलिजअघि नै अग्रिम बुकिङबाट २० करोड कमाइसकेको छ ।

 

चलचित्रलाई लोकेश कनागराजले निर्देशन गरेका हुन् । विशेष कुरा के छ भने यस फिल्ममा आमिर खान र रजनीकान्त पहिलो पटक सँगै देखिने छन् । फिल्मको चर्को क्रेज रहेको छ, विशेषगरी विदेशमा यसको अग्रिम बुकिङ तीव्र गतिमा भइरहेको छ ।

रिपोर्टका अनुसार ‘कुली’ को बजेट करिब ३७५ करोड भारु रहेको छ । यस फिल्मका लागि रजनीकान्तलाई १५० करोड भारु पारिश्रमिक दिइएको छ । फिल्ममा उनी ‘देवा’ नामको पात्रमा देखिनेछन् । फिल्ममा नागार्जुनको पनि ठूलो भूमिका छ, जसले करिब ३० करोड पारिश्रमिक लिएका छन्। जहाँसम्म आमिर खानको सवाल छ, यो फिल्ममा रजनीकान्तसँगको आफ्नो मित्रता देखाउँदै कुनै पनि पैसा बिना काम गर्न राजी भएको बताइएको छ । फिल्ममा श्रुति हसन पनि देखिने छिन् ।

 

‘कुली’को अग्रिम कमाईलाई हेर्दा यो फिल्मले ‘वार २’ लाई कडा टक्कर दिन सक्छ भन्ने स्पष्ट हुन्छ । तर,  ‘वार २’ पनि ठूलो मात्रामा रिलिज हुँदैछ र यसको तमिल भर्सन मात्रै ९० करोड भारुमा बिक्री भइसकेको छ, जसका कारण निर्माताले राम्रो नाफा कमाइ सकेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖