धनगढीः बैतडीको विद्यालयमा बेहोस भएका एक शिक्षकको मृत्यु भएको छ ।
जिल्लाको सुर्नया गाउँपालिका–५ को रौलेश्वर माविका शिक्षक प्रताप मडै बेहोस भएका थिए । उनलाई उपचारका लागि धनगढी ल्याइएकोमा मृत्यु भएको हो ।
उनको घर बैतडीको मडगाँउ हो । उनको मृत्युमा आज विद्यालयले शोक बिदा दिएको छ ।
उनलाई तीन दिन अगाडी धनगढी ल्याइएकोमा शनिवार मृत्यु भएको परिवार स्रोतले बताएको छ ।
