काठमाडौँ । चर्चित गायिका रचना रिमाल युरोप उडेकी छन् ।
युरोपका करिब दर्जन देशमा साङ्गीतिक कार्यक्रमका लागि उनी बुधबार साँझ युरोप उडेकी हुन् ।
रिमालले सामाजिक सञ्जाल फेसबुक मार्फत आफू करिब ३ हप्ताको युरोप साङ्गीतिक यात्रामा प्रस्थान गरेको बताएकी छन् ।
उनले लेखेकी छन्,’करिब ३ हप्ताको युरोप साङ्गीतिक यात्राको लागि प्रस्थान गरेकी छु । युरोपका करिब ११ वटा देशहरूमा प्रस्तुति रहनेछ । ‘
