• Sunday 4th of October 2026

डेंगु सङ्क्रमणका कारण काठमाडौँमा २४ वर्षीया युवतीको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । डेंगु सङ्क्रमणका कारण काठमाडौँमा २४ वर्षीय युवतीको मृत्यु भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगु सङ्क्रमित ती युवतीकोको बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

कुनै पनि दीर्घरोग नलागेकी काठमाडौँ कालीमाटीकी ती युवतीको उपचारको क्रममा डेंगुकै कारण मृत्यु भएको हो ।

उपचारका क्रममा ती युवतीलाई ‘सिजर’ समेत देखिएको उपचार संलग्न चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖