• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नमाज पढिरहेका माथी अन्धाधुन्ध गोली प्रहार, २७ को मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ भदौं । उत्तरी नाइजेरियाको कात्सिनामा नमाज पढिरहेको मस्जिदमा सशस्त्र डाँकुहरूले आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने भने कैयौं घाइते भएका छन् । 

यो जानकारी गाउँपालिकाका प्रमुख र अस्पतालका अधिकारीले दिएका हुन् । स्थानीय बासिन्दाहरूले स्थानीय समय अनुसार बिहान ४ बजे मुस्लिमहरू प्रार्थनाको लागि भेला हुँदा मालुमफासी क्षेत्रको दुर्गम उंगुवान मान्टाउमा रहेको मस्जिदभित्र बन्दुकधारीहरूले गोली चलाएको अल जजीराले लेखेको छ ।
 
यद्यपि कुनै पनि संगठनले यो घटनाको कुनै जिम्मेवारी लिएको छैन्, त्यस्ता आक्रमणहरू नाइजेरियाको उत्तर पश्चिमी र उत्तर मध्य क्षेत्रहरूमा सामान्य भएको छ, जहाँ स्थानीय गोठालाहरू र किसानहरू प्रायः जमिन र पानीमा झगडा गर्छन्।
 
यी आक्रमणमा धेरै मानिस मारिएका छन् भने धेरै घाइते भएका छन् । गत जुनमा पनि उत्तर–मध्य नाइजेरियामा भएको आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। एम्नेस्टी इन्टरनेशनलले बेनु राज्यमा लगभग दैनिक रक्तपात रोक्न सरकारलाई अपील गरेको छ। एम्नेस्टीका अनुसार यो हमला बेनु राज्यको येलावाता सहरमा भएको हो ।
 
उगुवान मन्टाउ क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको छ । पछिल्लो समय यो द्वन्द्व झन् घातक बन्दै गएको छ । अधिकारी र विश्लेषकहरूले चेतावनी दिएका छन् कि धेरै गोठालाहरूले हतियार उठाइ रहेका छन्। राज्य आयुक्त नासिर मुआजुले बुधवार भएको रक्तपात पछि थप आक्रमण हुन नदिन उगुवान मान्टाउ क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको बताए।
 
उनले वर्षायाममा बारम्बार खेतबारीमा बालीनालीमा लुकेर बन्दुकधारीले समुदायमाथि आक्रमण गर्ने गरेको उनले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖